बिदुर । १३ औ नुवाकोट जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०को उपाधि लिखु गाउँपालिकाले जितेको छ । प्रतियोगितामा १९ स्वर्ण , १६ रजत र १२ कास्य पदकसहित लिखु गाउँपालिका प्रथम हुन सफल भएको हो ।

यसैगरी १७ स्वर्ण , १४ रजत र ८ कास्य पदकसहित विदुर नगरपालिका दोस्रो ,६ स्वर्ण ,६ रजत र ७ कास्य पदक सहित म्यागङ गाउँपालिका तेस्रो तथा ५ स्वर्ण, १ रजत ४ कास्य पदकसहित ककनी गाउँपालिका चौथो भएको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।

प्रतियोगितासंगै खव नुवाकोटका खेलाडीहरुले आगामी फागुन २१ देखि चितवनमा हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नुवाकोट जिल्लाको प्रतिनिधित्व गर्नेछन् ।

राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिताको समापन बिहीबार नै भएपनि उपाधि घोषणा भने भएको थिएन । समापनका क्रममा बिदुर र लिखु गाउँपालिकाले स्वर्ण बिजेता खेलाडीहरुका बारेमा उजुरी दिएपछि शुक्रवार सबै पक्षको उपस्थितीमा प्रतियोगिताको नियम अनुसार बिजेता घोषणा गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिए ।

बिदुर नगरपालिकाको मुख्य आयोजना तथा जिल्ला खेलकुद बिकास समितिको आयोजनामा बिदुर नगरपालिका वडा नम्वर ४ को बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न प्रतियोगितामा एथलेटिक्सतर्फ ३८ स्वर्ण, ३८ रजत र ३८ कास्य, तेक्वान्दोतर्फ २४ स्वर्ण, २४ रजत र ४८ कास्य, भलिवलतर्फ २० स्वर्ण, २० रजत र २० कास्य, कराँतेतर्फ २४ स्वर्ण, २४ रजत र ४८ कास्य, उसुतर्फ २४ स्वर्ण, २४ रजत र ४८ कास्य र कबड्डीतर्फ २० स्वर्ण , २० रजत र २० कास्यका लागि प्रतिस्पर्धा भएको जिल्ला खेलकुद बिकास समिति नुवाकोटले जानकारी दिएको छ । प्रतियोगितामा नुवाकोटको तारकेश्वर गाउँपालिका बाहेक सबै स्थानीयतहहरुको सहभागिता रहेको थियो ।


प्रतियोगिता समापनका क्रममा आगामी बर्ष १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङलाई झण्डा र ब्यानर हस्तान्तरण गरिएको थियो । १४ औं नुवाकोट जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पञ्चकन्या गाउँपालिकाको घ्याङस्वारा सहीद स्मृति पार्कमा रहेको खेल मैदानमा हुने समेत जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।

सम्बन्धित खवर