बिदुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नुवाकोट जिल्ला समितिले नुवाकोटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई राजसंस्था पुनःस्थापना लगायतका ४० बुँदे मागपत्र बुझाएको छ ।

राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गीले बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत मागपत्र बुझाएका हुन् । मागपत्रमा राजसंस्था पुनःस्थापना, प्रदेश खारेजी, हिन्दुराज्य पुनःस्थापना लगायतका विषयहरू समेटिएका छन् ।

त्यसअघि बिदुर लोकतान्त्रिक चौतारो नजिकै रहेको राप्रपाको कार्यालयबाट बाजागाजासहित निस्किएको राप्रपा समर्थकहरुको जुलुस नारावाजी गर्दे जिल्ला प्रशासन कार्यालय पुगेको थियो । जुलुसका सहभागीहरुले बैदिक सनातम हिन्दु राष्ट्र कायम गर, संघीयता खारेज गर जस्ता नाराहरुसहित गणतन्त्र बिरोधी नाराहरुसमेत लगाएका थिए ।

जुलुसमा राप्रपाका सहमहामन्त्री दीपककुमार राई,केन्द्रीय सदस्य झनक प्याकुरेल लगायत उल्लेख्यरुपमा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर