बिदुर । बिदुर नगरपालिका वडा नम्वर ५ मा रहेको अक्कलादेबी कृषि सहकारी संस्थाले काठमाडौंमा रहेको मुक्तिनाथ कृषि कम्पनीसंगको सहकार्यमा स्रोत केन्द्र संचालनमा ल्याएको छ ।
बिदुर नगरपालिका वडा नम्वर २ को बट्टारमा संचालनमा ल्याईएको स्रोत केन्द्रको बिहीबार आयोजित एक कार्यक्रमका बिच बिदुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने र बिदुर नगरपालिका सहकारी शाखाकी प्रमुख नानिमैया नेपालले संयुक्त रुपमा उद्घाटन गरे ।



त्यसक्रममा बिदुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष न्यौपाने, वडा नम्वर २ का वडा अध्यक्ष दीपक कायस्थ, बिदुर नगरपालिका सहकारी शाखा प्रमुख नेपाल, अक्कलादेबी कृषि सहकारीका निवर्तमान अध्यक्ष जितेन्द्र अर्याल, अध्यक्ष राजकुमार अर्याल र मुक्तिनाथ कृषि कम्पनीका बागमती प्रदेश प्रमुख गणेश शिवाकोटीले स्रोत केन्द्रको स्थापनाले कृषिमा आधुनिकिकरण र बिबिधिकरणका लागि टेवा पुग्ने धारणा ब्यक्त गरेका थिए ।
स्रोत केन्द्रमा बिहिबारबाट आधुनिक कृषि औजारहरुको बिक्रि बितरण सुरु भएको र चााडै नै बीउबिजन र बिषादीहरुको समेत बिक्री बितरण हुने अध्यक्ष अर्यालले जानकारी दिए । स्रोत केन्द्रबाट जिल्लाभरका कृषकहरु, कृषि समूह एवं कृषि सहकारीकाका सदस्यहरुको लागि आवश्यक पर्ने पोषक तत्वहरु लगायत अन्य नि ःशुल्क परामर्स सहितका बिबिध बस्तु तथा सेवा सुबिधाहरु समेत उपलब्ध गराईने अध्यक्ष अर्यालको भनाई छ ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web