लैङ्गिक हिंसा के हो ? यसमा महिला कति बढी पीडित छन् र न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा चर्चा गर्नुभन्दा पहिला सामाजिक लिङ्ग र प्राकृतिक लिङ्ग के हो थाहा पाउन जरुरी हुन्छ । प्राकृतिक रुपमा नै महिला र पुरुष बिच हुने फरक, जुन शारिरिक रुपमा फरक भएको हुन्छ, त्यसलाई प्राकृतिक वा जैबिक भिन्नता(कभह) भनिन्छ भने यहि जैबिक भिन्नताको आधारमा समाजले खडा गरेको बिभेदपूर्ण भिन्नता, मूल्य, मान्यता, कानुन संस्कृति ब्यवहार आदिलाई सामाजिक लिङ्ग(नभलमभच) भनिन्छ ।


लैङ्गिक आधारमा शारिरिक, मानसिक, सामाजिक, साँस्कृतिक, आर्थिक तथा भौतिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधान, अवसर, जिम्मेवारी तथा हक अधिकारको असमान बितरण, बालबिवाह, महिलालाई घरभित्र मात्र सीमित राख्नु, महिलाको कामको मुल्याङ्कन नगरिने जस्ता सामाजिक राजनीतिक भेदभावलाई लिङ्गको आधारमा गरिने हिंसा भनिन्छ । साथै लैङ्गिक समानत कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्वन्धमा केही नेपाल ऐनलाई संसोधन गर्न बनेको ऐन,२०७१ अनुसार लैङ्गिक हिंसा भन्नाले सार्वजनिक वा नीजि जीवनमा लैङ्गिक आधारमा कसैप्रति शारिरिक, यौनजन्य वा मानसिक क्षती वा पीडा पु¥याउने कार्यलाई सम्झनु पर्छ र सो शव्दले लैङ्गिक आधारमा हुने कुनै पनि प्रकारको अपमानजन्य वा धम्कीपूर्ण व्यवहार, दबाब, करकाप वा स्वेच्छाचारीरुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट बञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।

किन लैङ्गिक हिंसामा पुरुषहरु कम पीडित हुन्छन् ?

.सामाजिक संरचना पितृसत्तात्मक भएकाले ।
.स्वतन्त्रतााके पूर्ण उपभोग गर्न पाउनाले ।
. आर्थिक स्रोतमा पुरुषको बढी पहुँच र नियन्त्रण हुने भएकाले ।
. सामाजिक मान्यता र ब्यवहारले पुरुषलाई शक्तिशाली र महिलालाई कमजोर पारी राख्ने परिपाटी रहेकाले ।
. शिक्षामा पहिलो देखि नै पुरुषको पहुँच रहेकाले

लैङ्गिक समानता र हिंसाको न्यूनिकरणका लागि गरिएको व्यवस्था

. कानुनी उपचार
. सामाजिक उपचार
. सामुदायिक अग्रसरता
. लैङ्गिक हिंसा संसोधन प्रणाली

लैङ्गिक बिभेद अन्त्य गर्न गरिएको संबैधानिक ब्यवस्था नेपालको संबिधानमा समानताको हक, महिलाको हक, लैङ्गिक बिभेद बिरुद्ध कानुनी ब्यवस्था साथै राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग आदि संरचनागत ब्यवस्था गरिएको छ ।

लैङ्गिक असमानता हटाउन वा हिंसा घटाउन भएका ब्यवस्थाहरु

. बोक्सीको आरोप, कसुर तथा सजाय ऐन, २०७२
.मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४
. कार्यस्थलमा यौनजन्य दुब्र्यबहार निवारण ऐन, २०७१
. घरेलु हिंसा कसुर सजाय ऐन, २०६६
.छाउपडी प्रथा उन्मूलन निर्देशिका

लैङ्गिक हिंसामा चुस्तदुरुस्त सेवाको लागि गरिएका ब्यवस्थाहरु

लैङ्गिक हिंसा संबन्धि उजुरीमा चुस्तदुरुस्त सेवा प्रदान गर्न प्रहरी कार्यालयमा महिला तथा बालबालिका सेवा केन्द्रहरुको ब्यवथा गरिएको छ भने कानुनी उपचार चुस्तदुरुस्त नभएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित लैङ्गिक सशक्तिकरण समन्वय इकाइबाट उजुरी ब्यवस्थापन र अनुगमन गर्ने ब्यवस्था गरिएको छ ।

सामाजिक संरक्षणका लागि गरिएका ब्यवस्थाहरु

लैङ्गिक हिंसा बिरुद्ध एकीकृत सेवा प्रदान गर्न जिल्ला अदालतहरुमा एकद्वार संकट ब्यवस्थापन केन्द्र स्थापना गरिएको छ , जसबाट लैङ्गिक हिंसामा पीडितलाई आश्रय दिने, उपचार गर्ने, सााजिक मनो परामर्श उपलब्ध गराउने, कानुनी सल्लाह दिने र पुर्नस्थापनाको लागि पहल गर्ने काम भईरहेको छ । यसैगरी लैङ्गिक हिंसा निवारण कोषबाट आपतकालिन सेवा तथा राहत प्रदान गर्न थालिएको छ भने निःशुल्क कानुनी सहायताको ब्यवस्था गरिएको छ ।

लैङ्गिक हिंसाको संबोधन कसरी गरिन्छ ?

. संबैधानिक तथा कानुनी व्यवस्थाद्वारा
. राज्यको नीति तथा कार्यक्रमद्वारा
.संरचनात्मक ब्यवस्था गरेर
.आम समुदायमा जनचेतना जगाएर
.महिला सशक्तिकरण मार्फत

लैङ्गिक हिंसा वा घरेलु हिंसा बढी हुने मुलुकहरु क्यामरुन, बुरुण्डी, लेसोथो, जाम्बिया, साउथ सुडान, बोलिभिया, नाउर, लाईबेरिया, युगाण्डा, अफगानिस्तान आदि ।

अन्त्यमा एउटा प्रसङ्ग, अमेरिकाको ‘ नेशननल काकेलिशन एगेन्स्ट डोमेष्टिक भ्वाईलेन्स’ का अनुसार –प्रत्येक एक मिनेटमा २० जना मानिस घरेलु हिंसाबाट प्रताडित हुन्छन् । ती मध्ये २२ प्रतिशत आफ्नै नजिकको साथीबाट हुन्छन् ।

स्रोत ः लैङ्गिक हिंसा र कानुनी उपचार

( अमात्य महिला उद्यमी संघ नुवाकोटको अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारीणी सदस्य र महिला बिभागकी सभापति हुन् ।

सम्बन्धित खवर