विदुर – नेपाली काँग्रेस म्यागङ गाउँपालिकाले गाउँपालिका अध्यक्ष तामाङको मिलेमत्तोमा ठेक्का गरिएको भनिएको सामाजिक सञ्जाल र अख्तियार आयोगमा उजुरी गरिएको प्रति आपत्ती जनाउँदै सो घटनाको भर्त्सना गरेको छ ।
शनिबार साँझ विदुरमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस नेता एवम् गाउँपालिका अध्यक्ष आशा तामाङले आफुलाई आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो चरित्र हत्या गरेकोमा घोर भर्त्सना गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि भएको अनलाईन प्रक्रियामार्फत हुने ठेक्कामाआफ्नो कुनै पनि संलग्नता नरहेको बताए ।
नेपाली काँग्रेस म्यागङ गाउँपालिकाद्वारा जारी विज्ञाप्तिमा भनिएको छ, “म्यागाङ गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि भएको ठेक्का प्रक्रिया सार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया पुरा गरी आर्थिक ऐन, सार्वजनिक खरिद नियमावली बमोजिम गाउँपालिकाले प्रशासनले ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी दिईएकोमा गाउँपालिकाको कर्मचारी प्रशासनले सम्पादन गर्ने कार्यमा पालिका अध्यक्षको समेत नाम समेत जोडी सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको उजुरीमा कुनै सत्यता नरहेको ठहर गर्दै आरोपकर्तालाई आफ्नो पहिचान स्पष्ट पारी आरोपमा लेखिएका व्यहोराहरु सम्मानित न्यायिक तहबाट प्रमाणित गराएर देखाउन समेत नेपाली काँग्रेस म्यागाङ गाउँपालिका चुनौती दिन चाहन्छ ।”
प्रेस विज्ञप्ती
सामाजिक संजालमा
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
