बिदुर । नुवाकोटमा जारी मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज शनिवार नेपाल प्रहरीको नेपाल पुलिस क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लवबिच प्रतिस्पर्धा हुने भएको छ । बिहिबारको दोस्रो सेमिफाईनल खेलमा एपीएफले प्रतिस्पर्धी रौतहटलाई ० का बिरुद्ध ५ गोलको अन्तरले पराजित गरेसंगै दुई बिभागीय टोलीबिच उपाधि भिडन्त निश्चित भएको हो । यसअघि बुधबारको पहिलो सेमिफाईनल खेलमा संकटा फुटबल क्लवलाई शुन्यका बिरुद्ध १ गोलको अन्तरले पराजित गर्दे नेपाल पुलिस क्लव फाईनल यात्रा तय गरेको थियो । यसअघि बिहिबारको सेमिफाईनल खेलमा एपीएफले मध्यान्तर अघि ४ र मध्यान्तरअघि १ गोल ग¥यो । मध्यान्तर अघि एपीएफका अनिता बस्नेत, सविता रानामगर, सरु लिम्बु र रश्मी घिसिङ तथा मध्यान्तरपछि निशा थोकरले गोल गर्दे टीमलाई बिशाल अन्तर दिलाएका थिए ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा संचालित, नुवाकोट जिल्ला फुटबल संघको मुख्य आयोजना र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताका बिजेताले पाँचलाख, उप–बिजेताले दुईलाख ५० हजार तथा हरेक खेलको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा बागमती प्रदेश खेलकुद बिकास परिषद् मुख्य संरक्षक, बिदुर नगरपालिका संरक्षक, नुवाकोट जिल्ला फुटबल संघ सह–आयोजक रहेका छन् । प्रतियोगितामा ३ बिभागीय टिमसहित ८ वटा टीमको सहभागिता रहेको छ । यो प्रतियोगिता नुवाकोटमा आजसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

सम्बन्धित खवर