बिदुर । बागमती प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गतको सामाजिक बिकास कार्यालय गजुरीले बिदुर नगरपालिका वडा नम्वर २ को नागटारीमा निर्माण गरेको ब्याडमिन्टन कभर्डहलको स्वामित्व बिदुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । शुक्रवार बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव दीपक लामा समेतको उपस्थितीमा सामाजिक बिकास कार्यालय गजुरीका कार्यालय प्रमुख लोकबहादुर वाईवाले बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई उक्त कभर्डहलको सम्पूर्ण स्वामित्व, व्यवस्थापन र उपयोगको दायित्व बिदुर नगरपालिका, नगरपालिकाको कार्यालयमा रहने गरी हस्तान्तरण गरेका हुन् । स्वामित्व हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति नुवाकोटका अध्यक्ष बिजय गुरुङ, नुवाकोट ब्याडमिन्टन संघका अध्यक्ष धनसिं तामाङ समेतको उपस्थिती रहेको थियो ।
ब्याडमिन्टन कभर्डहल कूल दुईकरोड ४२ लाख ३१ हजार रुपैँयाको लागतमा२०८० साल माघ २९ गते ठेक्का सम्झौता भई रत्न सन्तोषी जे.भी.ले २०८१ पुष २४ गते निर्माण सम्पन्न गरेको हो । त्यसक्रममा नगरप्रमुख श्रेष्ठले बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको बिशेष पहलमा निर्माण भएको कभर्डहलको उचित ब्यवस्थापन गरी राष्ट्रिय खेलका लागि समेत उपयुक्त स्थानका रुपमा कभर्डहललाई बिकसित गरिने धारणा ब्यक्त गरेका थिए ।

सम्बन्धित खवर