बिदुर । पंचकन्या गाउँपालिकाको आयोजनामा बिहिबारदेखि जारी नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय चौथो चेयरम्यानकप पुरुष भलिवल प्रतियोेगिताको उपाधि दुप्चेश्वर गाउँपालिकाले जितेको छ । प्रतियोगिता अन्तर्गत शनिवार पंचकन्या गाउँपालिकाको वडा नम्वर ४ स्थित घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क तथा खेल मैदानमा भएको फाईनल स्पर्धामा प्रतिस्पर्धी पंचकन्या गाउँपालिकाको ‘ए’ टीमलाई ३ –१ को सेटमा पराजित गर्दे दुप्चेश्वरले उपाधि जितेको हो । उपाधिसंगै दुप्चेश्वरले एकलाख ५० हजार नगद, उप–बिजेता पंचकन्या‘ए’ ले ७५ हजार नगद, तेस्रो हुने तादी गाउँपालिकाले ४० हजार नगद र चौथो हुने पंचकन्या ‘बि’ ले १५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका बिजेताहरुलाई बागमती प्रदेशसभा सदस्य एवं नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरे । त्यसक्रममा साँसद महत, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरी, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, पंचकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, पंचकन्या गाउँपालिका उपाध्यक्ष बिमला केसी लगायतले खेलकुद क्षेत्रको बिकास र आन्तरिक पर्यटन प्रबद्र्धनका बिबिध आयामहरुका बारेमा धारणा राखेका थिए ।
यसअघि शुक्रवार सम्पन्न क्वाटरफाईनल खेलमा पञ्चकन्या “ए“ ले बेलकोटगढी लाई, तादीले म्यागङलाई , दुप्चेश्वरले शिबपुरीलाई र पञ्चकन्या “वि“ ले लिखुलाई पराजित गरेको थियो भने सेमिफाईनल तर्फ पञ्चकन्या “ए“ले तादीलाई र दुप्चेश्वरले पञ्चकन्या “वि“ लाई पराजित गरेको थियो । प्रतियोगितामा नुवाकोटको दुप्चेश्वर,शिवपुरी, बेलकोटगढी, लिखु, म्यागङ, तादी र आयोजक पंचकन्या गाउँपालिकाको २ टीमको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर