बिदुर । महिला उद्यमी संघ नुवाकोटकी अध्यक्ष , सफल ब्यवसायी गीता अमात्यलाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ अवार्ड प्रदान गरिएको छ । न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डर्स २०२५ अन्तर्गत बागमती प्रदेशकी अमात्यसहित सातवटै प्रदेशका एक–एक जना महिला उद्यमीलाई अवार्ड प्रदान गरिएको हो । न्यू बिजनेश एज लिमिटेडले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले ५१ हजार रुपैयाँ नगदसहित ट्रफी समेत प्राप्त गरेका छन् । अमात्य नेपाल उद्योग बाणिज्य महासंघको बागमती प्रदेश सदस्य र नुवाकोट उद्योग बाणिज्य संघको पूर्ब बरिष्ठ उपाध्यक्ष समेत हुन् ।

सम्बन्धित खवर