बिदुर । महिला उद्यमी संघ नुवाकोटकी अध्यक्ष , सफल ब्यवसायी गीता अमात्यले आफूले प्राप्त गरेको अवार्डको आधा रकम स्वर्गीय माताहरुको स्मृतिमा गौरेश्वर धामलाई प्रदान गरेकी छिन् । न्यू बिजनेश एज लिमिटेडले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अमात्यले ५१ हजार रुपैयाँ नगदसहित ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ अवार्ड प्राप्त गरेकी थिईन् । अमात्यले शुक्रवार बिदुर नगरपालिका वडा नम्वर ३ को त्रिशूली नदी किनारमा निर्माणाधीन गौरेश्वर धाममा धामको आर्थिक समितिका संयोजक हरिमान नगरकोटीलाई आफ्ना स्वर्गीय माताहरु भद्रकुमारी अमात्य र पूर्णकुमारी अमात्यको स्मृतिमा २५ हजार रुपैयाँ प्रदान गरिन् । अमात्यले प्रदान गरेको रकमबाट मन्दिरमा एउटा शिबलिंग स्थापना गरिने धामका सदस्य सुजन श्रेष्ठले बताए ।

© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web