बिदुर । चर्चित तेक्वान्दो खेलाडी नुवाकोटकी संगिना वैद्यले बागमती प्रदेश, युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा ‘बागमतीको शान अवार्ड’ प्राप्त गरेकी छिन् । मन्त्रालयद्वारा आईतबार हेटौंडामा आयोजित कार्यक्रममा संगिनालाई बागमतीको शान अवार्ड सहित नगद १ लाख रुपैयाँ समेत प्रदान गरियो । संगिनालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सम्मानित गरे । बिदुर नगरपालिका वडा नम्वर ९ को कोलोनी निवासी संगिना सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी हुन् ।



© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web