बिदुर । शनिवार . बिदुर नगरपालिका वडा नम्वर १ को ढुँगेमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मध्यान्ह पौने बाह्र बजेको समयमा बिदुरबाट त्रिशूली तर्फ जादै गरेको बा. ९३ प. १८४ नम्बरको मोटरसाईकल र त्रिशूलीबाट बट्टार तर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०१३८ नम्बरको ईभी माईक्रो एक आपसमा ठोक्किदा मोटरसाईकल चालक बिदुर नगरपालिका वडा नम्वर १ का २० बर्षिय रोनिश श्रेष्ठ गम्भीर घाईते भएका थिए ।



घाईते श्रेष्ठलाई उपचारका लागि त्रिशूली अस्पताल पठाई प्राथमिक उपचार पश्चात ग्राण्डि अस्पताल काठमाडौं पठाईएकोमा दिउँसो सवा तीनबजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले माईक्रो चालक कास्की जिल्लाको पोखरा उपमहानगरपालिका वडा नम्वर १७ हिमालीटोल बस्ने ५८ बर्षिय यदुकुमार गिरीलाई माईक्रोसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web