बिदुर । बिदुर नगरपालिका वडा नम्वर १२ मा रहेको तिनधारे पिपलडाँडा माध्यमिक बिद्यालयले एसईई परीक्षा उत्तिर्ण आफ्ना बिद्यार्थीहरुलाई सम्मान गरेको छ । २०८१ सालको एसईई परीक्षामा नुवाकोटका सामुदायिक बिद्यालयहरुतर्फ शतप्रतिशत बिद्यार्थी उत्तिर्ण गराउन सफल बिद्यालयले आईतबार आयोजना गरेको कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडा नम्वर १ का वडा अध्यक्ष लेनिन रंजित, वडा नम्वर १२ का वडा अध्यक्ष उपिन्द्र खड्काले बिद्यार्थीहरुलाई सम्मान गरेका हुन् । एसईई परीक्षामा उक्त बिद्यालयबाट २० जना बिद्यार्थी सहभागी भएका थिए ।
त्यसक्रममा नगरप्रमुख श्रेष्ठले शिक्षालाई बैज्ञानिक, गुणस्तरीय र जीवनोपयोगी बनाउन र नगरभित्रका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धी गर्न नगरपालिकाले आवश्यक सबै उपाय अवलम्वन गर्ने धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख बोगटी, वडा नम्वर १ का वडा अध्यक्ष रंजित, वडा नम्वर १२ का वडा अध्यक्ष खड्का, शिक्षाबिद् चिरञ्जिवी भट्ट, बिद्यालयका प्रधानाध्यापक रामहरी रिमाल, नेपाल बिद्यार्थी संघ नुवाकोटका अध्यक्ष रामकृष्ण भट्टलगायतले शैक्षिक बिकासका बिबिध आयामहरुका बारेमा आफ्ना धारणाहरु राखेका थिए । कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल बिषयगत शिक्षकहरु, कक्षा ५ र ८ को नगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई समेत सम्मानित गरिएको थियो ।



© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web