बिदुर । मंगलबार बिहान त्रिशूली नदीमा बाढी आउँदा फसेका दुईजनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ । बिहान पौने ६ बजेको समयमा बिदुर नगरपालिका वडा नम्वर ९ स्थित त्रिशूली खोलामा दाउरा संकलनका लागि गएका किस्पाङ गाँउपालिका वडा नम्वर ४ घर भई हाल बिदुर नगरपालिका वडा नम्वर ९ बस्ने बर्ष ५५ बर्षिय पाल्तेन तामाङ र उनकी श्रीमति ५२ बर्षिया मंगली तामाङ अकस्मात आएको बाढीका कारण फसेका थिए । त्रिशूली नदीमा अकस्मात बाढी आएपछि उनीहरु नदीको बिचमा रहेको सिसौको रुखमा चढेर ज्यान जोगाउन सफल भएका थिए । नदीको बिचमा मानिस फसेको सूचना प्राप्त भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिकहरु उद्धारका लागि खटिएका थिए । त्रिशूलीको उर्लदो बेगले स्थानीयस्तरबाट उद्धार सम्भव नभएपछि नेपाली सेनाको एमआई १७ र एनए ०५५ कलसाईनको एक्वेरल हेलिकप्टर उद्धारका लागि परिचालन गरिएको थियो । सेनाको टोलीले उद्धारका लागि अत्यन्त असहज स्थान र अवस्थामा ‘मंकी स्टेप’ मार्फत एकजना उद्धारकर्ता तल झारेर खोलामा फसेका दुईजनासहित बास्केटमा राखेर बिहान ८ बजे सकुशल उद्धार गर्न सफल भएको थियो ।

सम्बन्धित खवर