मात्र लगभग ५ किलोमीटर , पुरै सम्म धरातल तर निकै कठिन ,कष्टकर , अत्यास लाग्दो लामो यात्रा…..
यात्रा प्रारम्भ मिति र स्थानः बि. सं. २००१–२–११, माझिटार
यात्रा समाप्त मिति र स्थानः बि. सं. २०८२–३–१६, देबिघाट
अगाडि दुई जना मान्छे ,, एउटाको हातमा अन्नहरु, पैसा , अबिर मिसिएको टपरी … अर्कोको हातमा शंख ..
अनि ठिक पछाडी सेतो कपडा र रामनामी ओढेको रातो अबिर फुलमालाले सजिएको चीर निन्द्रामा सुतिरहेको मान्छे, जस्लाइ चार जनाले हरियो बांसको खटमा बोकिरहेका थिए,, संगसंगै बोक्नेलाइ गार्हो हुंदा कांध सापट दिने मान्छेहरु, तर ती सबै जना बोक्ने मान्छे बिना चप्पल खाली खुट्टा थिए। म पनि खाली खुट्टामा कहिले बोक्दै, कहिले आराम गर्दै पछि पछि ग्राभेल र पिच को गट्टिमा कठिन संग हिड्दै थिए,, यो यात्राको गन्तव्य आम मानिसले गर्नुपर्ने निश्चित थियो तर कहिले तय गर्ने निश्चित थिएन….



यो लेखको शिर्षक भित्र लेखिएको दुई स्थान विशेष ले कुनै ठाउँ विशेष लाई जनाएको होइन र यात्रा शब्दले ५ कि.मि. को दुरिलाइ देखाउन खोजेको होइन । यस्को भित्री आशय जन्म र मृत्यु को बिचमा आउने विभिन्न कठिनाइ , आरोह , अबरोह को प्रसंग हो । यहाँ म पात्रले माझिटार देखि च्वाडी, चण्डिपोखरी, लामबगैचा देखि देबिघाट सम्म गर्नुपरेको यात्राको चर्चा बिलकुल गर्न खोजिएको होइन,, यहाँ त जिन्दगीको म्याराथुन यात्रा गर्ने यात्री थिए मेरा बा ( अर्जुन बहादुर अर्याल)…….,
बि.सं २००१ साल मा माझिटारमा शेर बहादुर र तिल कुमारी को कोख बाट सांहिला छोराको रूपमा जन्मिएका थिए मेरा बा ।“द्वारे“ पदबि सम्हालेका सम्पन्न परिबारमा जन्मिएका भएपनी मेरा बा स्वभावले निकै शालिन , भद्र र इमान्दार थिए। त्यतिबेला शिक्षा केबल ३ कक्षा सम्म पढेका मेरा बा हिसाब मा भने ज्यादै तगडा थिए। तास खेल्न अती रुचाउने मेरा बा पेशाले “ठेकेदार“ थिए। बि.सं २०२२ सालमा इन्दिरा देबि संग बैबाहिक जिबनमा बांधिएका मेरा बा को ७ ओटा सन्तान भएपनी सानै उमेरमा दुइटा छोरा र एउटा छोरीको निधन भएपछि हाल हामी चार सन्तान ( तीन दिदि र म कान्छो भाइ) उहाँको बंश को रूपमा छौं। पेशाले ठेकेदार भएर के भो र, अहिलेका कतिपय ठेकेदार हरु भन्दा उहांको ब्यक्तित्व ठिक उल्टो थियो,, उहांको पेशा प्रतिको इमान्दारिता सांच्चै अहिलेका ठेकेदार लाई प्रेरणादायक हुनुपर्छ । उहाँ ले बांच्न र बचाउन को लागि पेशा गर्नुभयो तर कहिल्यै कुनै श्रमिक मारेर , राजनैतिक आडमा कमसल काम गरेर पैसा कुम्ल्याउने काम कदापी गर्नुभएन। उहांको अती मनपर्ने खेल थियो तास, जुवाडे भएर के भो र , तास को खालमा मिलाउने सिक्वेन्स भन्दा स्वास्नी छोराछोरी को सिक्वेन्स मिलाउन भुमिका बढी खेल्नुहुन्थ्यो । शायदै कहिलेकाही ऋण लिएको रकम तिर्न ढिला गर्नुभयो होला तर मेरो स्कुलको फी सूचना आएको भोलिपल्ट तिर्नुहुन्थ्यो , नयाँ किताबकापी लगभग सबैभन्दा पहिला मैले नै स्कुलमा लग्थे। देख्दामा पातलो ज्यान भएपनी घरबारको बोझ र कर्तब्यले उहांलाइ थिच्न सकेन, सार्है गर्हौं जिबनको भारी सजिलै बोकेर हिंड्नु भयो। तीन छोरिहरुको बिबाह कर्म , चाड्बाड, तिथि श्राद्द , छोराको कर्म आदि आदि सामाजिक कार्य सहजता पुर्बक सम्पन्न गर्नुभयो। सामान्य पहिरन( इष्टकोट , सर्ट र पाइन्ट) मा मात्र सजिने मेरा बा,, बाहिरि खानपिन र सोमरस बाट टाढा थिए तर घरायसी खानपिनमा भने मासु ,दुध र केरा अत्यधिक रुचाउनु हुन्थ्यो।
स्वास्थ्य अबस्था अलिक अगाडि देखि नै कमजोर थियो,, बुबा दमको रोगी हुनुहुन्थ्यो , पछि आएर प्रोस्टेट , प्रेसर, आंखामा जलबिन्दु जस्ता धेरै रोगले सताउन थाले। कभचयायि, त्ष्यखब, ँयचबअयचत, म्यहयदष्म, गचष्mबह, उबचबअभतबmय,ि mथयिम ५०, पयिशभउ, ऋत्श्, चभाचभकज तभबच जस्ता नियमित औषधि सेबन साथै अन्य औषधीहरु दिनहु सेबन गर्नुहुन्थ्यो । जति नै औषधि सेबन गरेपनी समय आएसी जानै पर्दोरहेछ , बिधिको लेखन कस्ले टार्नसक्दोरहेछ र,, सायद परिबार प्रतिको अगाध प्रेम को डाहा लागेर होला !समयरुपी निर्दयी कालले मेरो बुबालाइ चुंडेर लग्यो।
मेरा बा आज हाम्रा सामु हुनुहुन्न , उहांले छोड्नु भएका यादहरु हृदयका अन्तस्करणमा गुन्जिरहेछन्,, “तेरो बाउ मरेको जस्तो मेरो बाउ हो र“ भन्ने बांक्यासको सार्थकता पाइरहेछु। तर पनि भक्कानिएको मन सम्झाउंछु, बुझाउंछु अनि उहाँले बाल्यकालमा समाएका यी हातले अरुलाइ दुखदिने कार्य नगर्ने प्रण गरेको छु,, सानोमा तेल लगाएर सुम्सुमाइएका यी खुट्टा र पाइलाहरु गलत बाटोमा नहिंडाउने संकल्प गरेको छु। इमान्दारीता ,सहनशिलता ,भलादमिपन जस्ता तपाईंका आभुषणहरु म मा ल्याउने प्रयत्न गरेको छु। जिन्दगीभर कसैलाइ नबिझाइकन जिउनु भएका मेरा बा को अनुसरण गर्ने कोसिस गरेको छु। यदि मेरा बा बाट गरेका कुनै गल्ती ले तपाइँ जो कोहिको मन दुखेको भए मेरा बा को उत्तराधिकारी को नाताले माफ माग्न चाहन्छु। “ आमैको भाग्य“ भनेर तास तान्दा बाजि मारियो वा मारिएन मलाइ थाहा छैन तर मैले तपाँइको कोखबाट जन्म पाउनु मेरो अहोभाग्य भएको छ।
अहिले म पनि बा भएको छु, जसरी मेरा बा ले मलाइ शिक्षा दीक्षा , रहनसहन सिकाउनु भएको छ् त्यस्तै कार्य मैले मेरा छोराहरु लाई सिकाउनु छ। मेरा बा ले जन्मदेखि मृत्यु सम्म गर्नुभएको यात्रा मैले नी तय गर्नुछ ,, बुबा तपाईंले जसरी यो यात्राको दुरि सहजता पुर्बक सम्पन्न गर्नु भो मैले पनि त्यसै गरि पूरा गर्न हिंडिरहेको छु, देबिघाट अर्थात पुग्ने गन्तव्य कहिले आउने हो थाहा छैन ,तर पनि म संघर्ष गरि हिंडिरहेको छु बा ।
बा हुन सजिलो छ , तर बा को भुमिका र कर्तब्य निभाउन निकै गार्हो छ। “बा“को अर्थ बच्चा जन्माउनु मात्र होइन, यो त एउटा पद हो । ध्रुबसत्य कुरा के हो भने छोरा भएर नै बा भइन्छ , हामी सबै छोराहरुले बा को गरिमा र महत्त्व बुझेर बा लाई राजा बनाउन सकेमा आफू राजकुमार हुन पाइन्छ । हरेक छोराहरुले आफ्नो बुबा प्रती जिंउदो छंदा नै दर्शाउने र गरिने ब्यबहारले बा को मन खुशी बनाउन सकिन्छ।छोराले विशेष गरि बृद्द अबस्थामा बा को हरेक इच्छा पूरा गर्न नसकेनी अधिकतम पूरा गर्ने प्रयास गर्नुपर्दछ, जुन हाम्रा बा ले हामी सानो छंदा पूरा गर्नुभएको थियो। मेरो तर्फ बाट मैले सक्दो गरे बा, कतिपय पूरा गर्न नसकेको भए माफ गर्दिनुस है बा । मेरा बा, तपाईं “बा“पदबी को श्रीपेचको पगरी गुथ्न सफल हुनुभयो , तर मलाइ चिन्ता त्यो पद प्राप्त गर्न नसकुंला कि भन्ने छ…..
सम्पुर्ण बा हरुप्रती नमन गर्दै,, मेरा बा ( अर्जुन बहादुर अर्याल) प्रती भाबपुर्ण श्रद्धाञ्जली
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web