बिदुर । शुक्रवार अपरान्ह तादी खोलामा डुबेर एक युबक बेपत्ता भएका छन् । अपरान्ह १६ः४० बजेको समयमा दुप्चेश्चर गाउँपालिका वडा नम्वर ६ को गौडापुल स्थित तादी खोलाको छेउमा रहेको दहमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौंको टोखा नगरपालिका वडा नम्वर.३ बस्ने १८ बर्षिय उत्सव श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको र बेपत्ता युवकको खोजी कार्य भईरहेको समेत कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर