बिदुर । परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले गत असार २४ गते रसुवागढीमा आएको बाढीबाट सिर्जित समस्याहरुको समाधानमा सरकार प्रयत्नशील रहेको बताउँदै समस्याहरुको सिघ्र समाधानका लागि चीन सरकारसंग सम्वाद भईरहेको बताएकी छिन् । सोमबार बिहान परराष्ट्र मन्त्रालयमा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यसंगको छलफलमा मन्त्री डाक्टर देउवाले रसुवागढी नाकाको सहज संचालनका लागि आवश्यक पहल भईरहेको जानकारी समेत दिईन् । त्यसक्रममा मन्त्री देउवाले केरुङमा रहेका नेपाल फर्कन चाहने नेपालीहरुको स्वदेश फिर्ति, मितेरी पुलको निर्माण र मौसम संबन्धि सूचना आदानप्रदानमा सहजता संबन्धमा पनि चीन सरकारसंग आवश्यक सम्वाद भईरहेको जानकारी दिएकी थिईन् । छलफलमा प्रतिनिधिसभा आचार्यले रसुवागढी बाढीका कारण स्थानीयस्तरमा देखिएको समस्याहरु अवगत गराउँदै समस्याहरुको दीर्घकालीन समाधानको उपाय पहिल्याई जनजीवन सहज बनाउन परराष्ट्र मन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित खवर