बिदुर । बुधबार बिहान पौने ८ बजेको समयम बिदुर नगरपालिका वडा नम्वर १ को ढुँगेमा रहेको श्रेष्ठ होटलमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । होटलको भान्सा कोठामा खाजा बनाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा होटल भित्र रहेको सम्पुर्ण सामानहरु जलेर क्षती भएको र घरमा समेत आंशिक क्षती भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार आगलागीबाट दुईवटा रेफ्रिजेरेटर, फर्निचरहरु, पंखा र पेय पदार्थहरु जलेर नष्ट भएको छ । आगलागी लगत्तै प्रहरी , बिदुर नगरपालिकाको दमकल र स्थानियको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिईएको समेत प्रहरीले जानकारी दिएको छ ।



© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web