बिदुर । नुवाकोट प्रहरीले एकहजारका नक्कली नोटहरुसहित दुईजनालाई पक्राउ गरेको छ । मंगलबार साँझदुप्चेश्वर गाउँपालिका वडा नम्वर ६ को रामती बजारमा ३÷४ जना बालकहरुले नक्कली नोट लिई हिडेका छन भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले नक्कली नोटहरु बरामद गरेको हो । प्रहरीले खानतलासी गर्दा एकहजार रुपैयाँका ६९ थान नक्कली नोटहरु फेला पारेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा उक्त नोटहरु दुप्चेश्वर गाउँपालिका वडा नम्वर ७ बस्ने ४२ बर्षिय नरबहादुर तामाङ र सोही स्थानका भिमबहादुर तामाङले बनाएको भन्ने खुल्न आएपछि उनीहरुलाई पक्राउ गरेको थिया । पक्राउ परेका मध्येका भिमबहादुर तामाङको घरमा राखेको चौबिस थान नक्कली नोटहरु समेत बरामद भएको र उनीहरुलाई नुवाकोट जिल्ला अदालतबाट बिहिबार खोटा मुद्रा सम्बन्धी कसूरमा दिन साद दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक बिक्रम लामाले जानकारी दिए ।



© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web