विदुर – नुवाकोटमा महिना दिनपछि सोमबार तीन कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा सक्रिय दुई पुरुष २ एक महिला सङ्क्रमित रहेको छ ।

सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका २ जना र लिखु गाउँपालिकाका १ जना रहेका छन् । सङ्क्रमित हुनेमा एसइई परीक्षा दिईरहेका विद्यार्थी रहेको विदुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोरोना फोकल पर्सन रामराजा भण्डारीले जानकारी दिए।

संक्रमित सबै बिरामीहरु होम आइसोलेसनमा रहेका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ९ हजार ३६७ कोरोना सङ्क्रमित भएका छन् । जिल्लाका ३० हजार ९७३ जनाले कोरोना परीक्षण गरिएको तथ्यांक छ।

सम्बन्धित खवर