बिदुर । नुवाकोटको मात्र नभई सिंगो नेपालकै राजनीति र समाजसेवामा केसी परिवारले आफ्नो बिशिष्ट पहिचान बनाएको छ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी आफ्नो स्पष्टबक्ता शैली, कार्यकर्तामैत्री व्यवहार र सबैसंग घुलमिल हुने प्रबृत्ती मात्र हैन गलत प्रबृत्तीका बिरुद्ध आफ्नै नेतृत्वका बिरुद्ध समेत खरो उत्रने भएका कारण देशभर चर्चित रहँदै आएका छन् । उनका माईला भाई नारायणनरसिंह खत्री नेपालका चर्चित अर्थशास्त्री हुन भने साईला बद्रीनरसिंह केसी राजनीतिक बिश्लेषक हुन् । यसैगरी अर्जुननरसिंह केसीका काईला भाई डाक्टर केदारनरसिंह केसी नेपालका सुप्रसिद्ध चिकित्सक हुन भने ठाईला भाई महेश्वरनरसिंह केसी ईन्जिनियरिङ क्षेत्रमा सुपरिचित नाम हो । यसैगरी केसीका अर्का भाई जगदीश्वरनरसिंह केसीलाई २०६२÷०६३ सालको जनआन्दोलनमा गोंगबु क्षेत्रको कमाण्डरको रुपमा चर्चित छन् भने कान्छा भाई धनञ्जयनरसिंह केसी अमेरिकामा रहेर नेपालको समाजसेवाको क्षेत्रमा क्रियाशिल रहेका छन् ।
यी सात दाजुभाई केसी परिवारले नुवाकोटको राजनीतिलाई समाजसेवाप्रेरित बनाउने उद्धेश्यले आफ्ना मातापिताको स्मृतीमा यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्ट स्थापना गरेर बिशेष गरि नुवाकोट र रसुवाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्न थाले । संस्था स्थापनाको छोटो समयमा दर्जनौं बिशेषज्ञ स्वास्थ्य शिविर, विपन्नहरुको निःशुल्क उपचार, कोभिड र भूकम्पको समयमा राहत र स्वास्थ्य सामग्रीहरु बितरण गरेर नागरिकको मन–मनमा बस्न सफल भयो केसी परिवार । राजनीति र समाजसेवालाई साथसाथै लैजानेक्रममा उनीहरुको एकमात्र मूलमन्त्र थियो सेवामा बाद हेरिनु हुन्न । यसैपनि नुवाकोटमा चर्चा चल्ने गरेकै छ केसी परिवारकहाँ काम लिएर जाने जुनै बिचारका भएपनि सहजै काम हुन्छ । राजनीति र समाजसेवाको यही पवित्र उद्धेश्य सार्थक बनाउन उनीहरुले नुवाकोटको सदरमुकाम बिदुरमा रहेको आफ्नो नीजि निवासलाई केन्द्र बनाए र त्यसलाई नागरिकको समस्या समाधानको मूल थलोको रुपमा बिकसित पनि गर्दे रहे ।



तर दूर्भाग्य, राजनीति र समाजसेवाको एउटा पवित्र थलो बन्दै रहेको त्यही घर गत भदौ २४ गते जल्न पुग्यो । बिदुरमा रहेको केसी परिवारको घर पनि जल्यो भन्दा कमैले पत्याएका थिए । तर समाज परिवर्तनको बिशुद्ध उद्धेश्य लिएर हिँडेका जेन्जी समूहमा केही अराजक तत्वहरुको प्रबेशसंगै केसी परिवारको मात्र नभई सिंगो नुवाकोटकै समाजसेवाको एउटा मन्दिर हुर्हुति जल्न पुग्यो ।
तर केसी परिवार कत्ति पनि बिचलित छैन । शुक्रवार आफ्नी धर्मपत्नी र भाईहरुसहित जलेको निवास हेनै पुगेका काँग्रेस नेता केसीले त्यहाँ उपस्थित सयौं सुभेच्छुकहरुमाझ भने घर जलाईएपनि समाजसेवाप्रेरित आफ्नो राजनीतिको जग कसैले हल्लाउन सक्ने छैन । जेन्जीका मागहरुमा आफ्नो पूर्ण समर्थन रहेको र बिगतमा सधैं पार्टी र संसदमा आफूले गरेको संघर्ष नबुझ्नेहरुको कोपभाजनमा घर परेपनि मन सदैब आफ्ना बिचारहरुमा अडिग रहने केसीको भनाई थियो ।
त्यसक्रममा यशोदादेबी ट्रष्टका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले आगजनीबाट चतुराले र बिदुर १२ मा स्वास्थ्य शिविर संचालनका लागि राखिएको औषधिहरु समेत जलेको जानकारी दिए भने काँगेस नेता जगदीश्वरनरसिंह केसीले आफ्नो निष्ठाको अबिचलित राजनीति अझ दृढ र दर्बिलो भएको बताए ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web