विदुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटले जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार राप्रपाले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रमअनुसार राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गे नेतृत्वको समूहले जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हो।

किसानलाई मल, बीउको आपूर्ती, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको १९ बुँदे ज्ञापनपत्र बुझाएका हुन्।

खेतीको मौसममा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् । अर्कोतिर, महङ्‍गी पनि बढेको छ । ​यहि बेला राजनीतिक एजेण्डासमेत समेटेर ज्ञापनपत्र बुझाएको राप्रपा अध्यक्ष खड्गेले बताए ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा पुष २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा दिन र विदेशमा रहेका नेपाली नागरिकहरुले आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।

यस्तै, प्रशासन, न्यायले, शैक्षिक संस्था, कूटनीतिक नियोग, संवैधानिक अंग जस्ता निकायहरुलाई राजनीतिक हस्तक्षेप र प्रभावबाट मुक्त राख्न तथा पार्टीगत आधारमा भागबण्डा, नियुक्ति, सरुवा बढुवा गर्ने कार्यको अन्त्य गर्न माग गरेको छ ।

सम्बन्धित खवर