नुवाकोट – निर्मल तामाङ डान्स एण्ड फिटनेस सेन्टरले एकदेव लिम्बुको “आँखामा आउने सपना” बोलको गीतको कभर म्युजिक भिडिओ सार्वजनिक गरेको छ।
नुवाकोटमा बसेर सांगीतिक क्षेत्रमा व्यवसायिक पेशा अंगालेका कलाकार निर्मल तामाङको कभर म्युजिक भिडिओमा युवा अवस्थाका माया प्रितीको कथालाई देखाईएको छ ।
भिडिओमा तामाङकै निर्देशन र कोरियोग्राफी रहेको छ भने निता तामाङले कोरियोग्राफीमा साथ दिएकी छिन् ।
डोल्मा लामाको छायांकन रहेको उक्त भिडिओमा निर्मल तामाङ, शिला तामाङ, नीता तामाङलगायतको अभिनय र नृत्य हेर्न सकिने छ ।
भिडिओ त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, गङ्गटे पार्क र विदुर नपा-९ मा रहेको पार्क, माछापोखरी लगायतको सुन्दर स्थानहरुमा छायांकन गरिएको छ।
आँखामा आउने सपना
स्लोलि स्लोलि
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
