नुवाकोट – बुधबार विदुर नगरपालिकाले प्रेस सम्मेलन गर्दै एक श्वेतपत्र जारी गरेको छ । अघिल्लो नेतृत्वबाट भएको समग्र गतिविधिको जानकारीसहितको श्वेतपत्र जारी गरेको हो ।
श्वेतपत्रअनुसार नगरपालिकाको कुल बजेट एक अर्ब ४१ करोड ३६ लाख ९६ हजार दुईसय रुपैयाँ रहेकामा जेठ मसान्तसम्म ९२ करोड ४७ लाख १० हजार पाँच ६५ रुपैयाँमात्रै आम्दानी भएको देखिएको छ । आम्दानी भन्दा बजेट ठूलो बनाउँदा ठूलो रकम भुक्तानी हुन नसकेको श्वेतपत्रमा उल्लेख छ । नगरपालिकासँग हालसम्म ५७ करोड ७५ लाख रुपैयाँ दायित्व रहेको श्वेतपत्रमा उल्लेख छ ।
विदुर नपाका राजन श्रेष्ठले श्वेतपत्रमा सात बुँदे आगामी आवको लक्ष्य र प्रतिबद्धतामा उल्लेख गरेका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
