काठमाडौं – सनराईज बैंक र मोको डिजिटल वालेटबिच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता सम्पन्न भइ सेवा सुरु भएको छ ।
यस सहकार्य पश्चात सन्राइज बैंकका ग्राहकहरुले फोकसवान पेमेन्ट सोलुसन्सद्वारा संचालित “मोको” एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी बिल भुक्तानी जस्तै मोबाइल टपअप, इन्टरनेट, बिद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न तथा १५०० भन्दा बढी मर्चेन्टहरुमा क्यू आर कोड मार्फत भुक्तानी गर्न सक्नेछन् ।
हालसम्म क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड मार्फत भुक्तानी गर्दा पिओएस मा वा इकमर्स मार्फत मात्र कारोबार गर्न सक्ने भएकोमा अब उप्रान्त क्रेडिट कार्डलाई मोको एपमा लिंक गरेपश्चात क्यू आर कोड स्क्यान गरेर समेत भुक्तानी कारोबार गर्न सक्ने भएकाले यो सेवाले डिजिटल भुक्तानीको बृद्घीमा थप सहयोग पु¥याउने बैंकको बिश्वास रहेको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
