विदुर – शनिवार बिदुरमा प्रजातान्त्रिक बिचार समाजको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन गर्दे नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उक्त भनाइ राखेका हुन् ।
सत्ता गठबन्धनले तयार गर्ने आधारहरुलाई केन्द्रमा राखेर उमेदवारी तयार गर्न नुवाकोटबाट केन्द्रमा प्रतिनिधित्व गर्ने चारैजना केन्द्रीय सदस्यमा कुनै विवाद नरहने बताउँदै तर पार्टी हितलाई नसोचेर ब्यक्तिबादी प्रबृत्तीलाई बढावा दिईए त्यो आफ्ना लागि सह्य नहुने चेतावनी समेत दिएका छन् ।
मङ्सिर ४ गते हुने निर्वाचनमा नेता केसीले नुवाकोट ‘दुई’बाट लड्ने बताएका छन् ।
केन्द्रीयस्तरका नेताहरुले जिल्लाको कुनै क्षेत्रमा दावी प्रस्तुत गर्नु स्वाभाविक नभएपनि उक्त कुरा आफ्नो हकमा मात्र लागु नहुने बताउँदै महिला र युवाहरुको समूचित प्रतिनिधित्व गराउँदै उम्मेदवार छान्न अरु नेताहरु तयार भए आफू बाधक नबन्ने समेत भनाइ राखेका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
