नुवाकोट – तारकेश्वर गाउँपालिका-१ दाङसिङ की १९ वर्षीया मोनिका अधिकारी सातौं संस्करणको ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेकी छिन् । २६ प्रतिष्पर्धीिलाईपछि पार्दै अधिकारी महिलातर्फको विजेता बनेकी हुन् ।
पुरुषतर्फको ‘जोय मोडल हन्ट नेपाल २०२२’ को विजेता २४ प्रतिष्पर्धीिलाई पछि पार्दै काठमाडौंका २० बर्षीय विवेक खड्गीले बनेका छन् ।
विजेता द्वयले नगद ५ लाख बराबराको उपहारसहित आगामी सेप्टेबर १ देखि १५ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ र ‘मिस्टर अटुरिजम वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रतियोगितामा सम्राट सिंह र मल्लिका फैजु फस्टरनर अप स्मृति श्रेष्ठ र सुरज गोयन्का सेकेन्ड रनर अप घोषित भए ।
प्रतियोगीताको निर्णायकमा नुतन श्रेष्ठ (मिष्टर नेपाल २०२२), नम्रता श्रेष्ठ (पुर्व मिस नेपाल २०२०), प्रशान्त ताम्राकार (फष्ट म्यानहन्ट इन्टरनेशनल १९९५), अभिमन्यु सिंह तमोर (अन्तराष्ट्रिय कोरियोग्राफर), राजभाई सुवाल (फोटोग्राफर) मदन रौनियार (जोय कस्मेटिक नेपालकमा चियरम्यान) रहेका थिए ।
प्रतियोगितामा कृपा श्रेष्ठ र आदर्श श्रेष्ठ मोष्टइस्टाइलिस, विवेक खड्गी र साइच्छा थापा वेष्ट पर्सनालिटी, सारा राई र कर्मा तोपग्ये वेष्टवाक, एन्जल राई र उगल लिम्बु मिष्टर एण्ड मिस मल्टिमिडिया, रुविन श्रेष्ठ र पल्पसा श्रेष्ठ पब्लिक च्वाइसको उपाधी हात पारे भए ।
यस्तै, स्मृति श्रेष्ठ र सम्राट प्रताप सिंह मोष्ट फोटोजेनिक, मल्लिका फैजु र मौसम देवन राई बेष्ट फिजिक र फिगर, सरन एरिक विलियम्स र मोनिका अधिकारी कर्मसियल मोडल, सुर्य महर्जन र स्तुति श्रेष्ठ मष्ट पपुलरको उपाधी हात पारे भए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
