नुवाकोट – मङ्सिर ४ गते हुने संघीय र प्रदेशको निर्वाचनमा दुईलाख ३९ हजार सातसय २६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी रुद्रबहादुर सुसलिङले जानकारी दिए ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा भएका पुरुष मतदाताको सङ्ख्या एकलाख २३ हजार नौसय ४१ तथा महिलाको सङ्ख्या एकलाख १५ हजार सातसय ८२ र अन्य तीन मतदाता रहेका छन् ।

जिल्लामा मतदानस्थल एकसय ३२ र मतदान केन्द्र दुई सय ८८ कायम गरिएको आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई तथा प्रदेशसभा निर्वाचन क्षेत्र चार रहेका छन् । निर्वाचन क्षेत्र नं १ मा एकलाख २० हजार सातसय ५२ र क्षेत्र नं २ मा एकलाख १८ हजार नौसय ७४ मतदाता छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा ५९ हजार चारसय ५९ र (ख) मा ६१ हजार दुईसय ९३ मतदाता छन् । निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा ५९ हजार चारसय ५३ र (ख) मा ५९ हजार पाँचसय २१ मतदाता रहेको छ ।

सम्बन्धित खवर