काठमाडौं – ‘बचत गरौं’ भन्ने मूल उद्देश्यका साथ विगत देखिनै ग्लोबल आइएमई बैंकले अभियान संचालन गर्दै आएको छ । यसैलाई निरन्तरता दिदैं बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको “ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना” अन्तर्गत ग्राहकको निरन्तर बचत गर्ने बानीलाई प्रोत्साहन गर्दै प्रारम्भिक रकमको १० प्रतिशत त्रैमासिक रुपमा (अन्तिम त्रैमास बाहेक) जम्मा गर्दा प्रारम्भिक रकमको दुई गुणा दुई वर्षमै प्राप्त गर्न सकिने छ ।
यस योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ ।
कसरी हुन्छ त ग्राहकको रकम दुई वर्षमा दोब्बर ?
उदाहरणको लागि कुनै ग्राहकले १ लाख रुपैयाँ रकम राखी ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ अन्तर्गत खाता खोल्दो हरेक तीन महिनामा १० हजार रुपैयाँको दरले ७ पटकसम्म रकम थप्दै जानुपर्नेछ ।
यसरी रकम थप्दा २ वर्षको अवधिमा उक्त रकम दुई गुणा हुनेछ । अन्तिम त्रैमासमा भने रकम थप्न पाइने छैन । मुद्दती निक्षेपको अवधि समाप्तिमा ग्राहकले २ गुणा रकम प्राप्त गर्नेछ ।
यस योजनाले साना व्यवसाय गर्ने, नोकरीे एवं निश्चित आय भएकाहरुलाई निरन्तर बचत गर्ने बानी प्रोत्साहन गर्न उपयुक्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
