नुवाकोट – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेश सरकारले आसन्न निर्वाचन मंसिर ४ गतेसम्म सहकारी संघ संस्थालाई साधारणसभा नगर्न सूचना जारी गरेकाे छ ।

साेमबार रजिस्ट्रार नारायणप्रसाद ज्ञवालीद्वारा जारी सूचनामा सहकारीको साधारणसभामा निर्वाचन आचारसंहिता उल्लंघनहुन सक्ने भन्दै साधारणासभा नगराउन निर्देशन जारी गरिएको हो ।

कतिपय सहकारीले निर्वाचनका उम्मेदवारलाई साधारणसभामा आमन्त्रण गरिएको गुनासो प्रदेश रजिष्ट्रारमा आएकोले यस्तो सूचना जारी गरिएको जनाएको छ ।

सम्बन्धित खवर