नुवाकोट – शहिद स्मारक ‘सि’ डिभिजन लिग छनोट अन्तगर्त नुवाकोट युनाइटेड फुटबल क्लबचित्लाङ फुटबल क्लब क्वाटरफाईनल भिड्दैछन् ।

नकआउट समुह “बी” अन्तर्गत नुवाकोट युनाईटेड र चित्लाङ फुटबल क्लबका बीच खेल हुदैंछ। खेल भोलि कार्तिक २३ गते बिहान ११:१५ बजे एन्फा कम्लेक्सको खेलमैदानमा हुनेछ ।

नुवाकोट युनाइटेडले समुह (ओ) चरणको च्याम्पियन व्वाईज फुटबल क्लबलाई १-० र ईमाडोल युनिटि क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै समुह शिर्ष हुँदै क्वाटरफाईनलमा स्थान बनाएको हो । यस्तै, चित्लाङले समुह (एन) चरणको थिमी युथ क्लब र विजयचोक युथ क्लबलाई पराजित गर्दै समुह शिर्ष हुँदै क्वाटरफाईनलमा स्थान बनाएको थियो ।

देशको विभिन्न ६२ वटा क्लबहरु सहभागी भएका थिए । नकआउट चरणमा समुह “ए” र “बी” १०/१० खेल हुनेछ । दुई समुहका फाईनल बिजेता ‘सि’ डिभिजनमा बढुवा हुनेछ।

अखिल नेपाल फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा ६२ वटा क्लबहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर