विदुर – आईतबार भएको हाजिरीजवाफ प्रतियोगितामा युनिभर्सल बोर्डिङ स्कुल विजयी भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नुवाकोटले आयोजना गरेको एक दिने सो प्रतियोगितामा १५ विद्यालयको सहभागी भएकोमा युनिभर्सल विजेता हुन सफल भएको प्याब्सनका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए ।सो प्रतियोगितामा शान्तिकुन्ज एकेडेमी द्वितीय, जालपादेवी बोर्डिङ स्कुल तृतीय र नुवाकोट ग्लोरी इङ्गलिस बोर्डिङ स्कुलले सान्त्वना प्राप्त गर्न सफल भएको छ ।
विजयीले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । हरेक विद्यालयबाट ३/३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
सुभेनियर बोर्डिङ स्कुलमा भएको प्रतियोगिता तीन चरणमा खेलाईएको क्विज मास्टर मोहम्मद जयाले जानकारी दिए । उक्त प्रतियोगितामा पहिलो चरणबाट आठ समुह दोस्रो चरणमा र दोस्रो चरणबाट चार समुह गरी फाईनलमा प्रवेश गरेको थियो। फाईनलमा चरणमा श्रव्यदृश्य सामाग्रीसहितको प्रश्नोत्तरी गरिएको थियो ।
वार्षिक कार्यक्रम अन्तर्गत तय भएको अतिरिक्त क्रियाकलापमा यस महिना हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
