विदुर – सातौँ नुवाकोट महोत्सवको पुर्वसन्ध्यामा खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ ।

बिहिबार भएको खुल्ला दौड प्रतियोगिताको महिलातर्फ उपाधि दिव्या लामाले जितेकी छिन् । सुप्रिया श्रेष्ठ दोस्रो र पार्वती प्रधान तेस्रो भईन् ।

यस्तै, पुरुषतर्फ भएको दौडमा दिपक घले प्रथम भए । सुजल तामाङ दोस्रो, संजोग कोइराला तेस्रो भए ।

विजयीलाई नुवाकोट महोत्सव समारोहको एक कार्यक्रमका बीचमा पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक सन्तोष उप्रेतीले जानकारी दिए ।

नुवाकोट उद्योग वाणिज्य संघको आयोजना र नुवाकोट फुटबल क्लब संघको समन्वय भएको प्रतियोगिता बट्टारदेखि त्रिशुलीसम्म भएको थियो ।

सम्बन्धित खवर