विदुर – अखिल नेपाल महिला संघ (समाजवादी) नुवाकोटको जिल्ला अधिवेशन आयाेजक भेलाले ५१ सदस्यीयसहितकाे पदाधिकारी चयन गरेकाे छ।
आज विदुरमा भएको भेलाबाट संघको संयाेजकमा शान्ता थापा अधिकारी र सचिवमा जमुना गजुरेललाई चयन गरेकाे छ। सदस्यहरुमा ईश्वरी नेपाल, नानीमैया बस्नेत, शर्मिला राई, सुजना खतिवडा, चम्पा तामाङ, संस्कृति बिश्वकर्मा, बिविना लामिछाने लगायत अन्य ४२ सदस्यहरु चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पार्टी नुवाकोटका जिल्ला इञ्चार्च राजेन्द्रप्रसाद लाेहनीले महिलालाई घरदेखि वडा, पालिका हुदैं सदनसम्म पुर्याउन पार्टीगत या संगठनका रुपमा सबैले एक्यबद्धता जनाउनुपर्ने बताए।
कार्यक्रममा केन्द्रीय परिषद सदस्य सुर्यबहादुर कँडेलले महिला संगठन पार्टीको मात्र नभई हरेक महिलाको हक, अधिकारकाे ओकालत गर्न सक्षम हुनुपर्ने बताए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
