पिपलटार – नेपाल खेलकुद महासंघ समाजवादी जिल्ला कमिटी नुवाकोटको आयोजनामा भएको फुटसल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय नुवाकोटको समुह विजयी भएको छ ।

पिपलटार फुटसलमा आज भएको फाईनल खेलमा प्रहरीले नुवाकोट युनाइटेड फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

सेमिफाइनल प्रहरीले पिपलटार फुटबल क्लबलाई ३-० र नुवाकोट युनाईटेड फुटवल क्लबले काेलनी युथ सर्कललाई २-१ गोल अन्तरले हराउँदै फाईनल प्रवेश गरेको थियो ।

विजयी र उपविजयीले क्रमशः नगद १० हजार र पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेतालाई नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् पूर्व सांसद राजेन्द्रप्रकाश लोहनी र नेपाल खेलकुद महासंघ समाजवादी बागमती प्रदेशका अध्यक्ष उत्तम श्रेष्ठले संयुक्तरुपमा पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा जिल्लाका क्लब, संघ, संस्थाहरुको १९ समूहले सहभागिता जनाएको महासंघका अध्यक्ष रामकाजी दीक्षितले जानकारी दिए ।

सम्बन्धित खवर