काठमाडौं – गोल्डेन बड्स एकेडेमीले विविध सांस्कृतिक कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको छ ।
शनिबार टोखा नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्र सिंह धामीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकशिक्षिकाले कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिक्षा अधिकृत धामीले असल विद्यार्थी विद्यालय, शिक्षक, अभिभावकको त्रिपक्षीय सम्बन्ध भएकोले विद्यार्थीको लब्धांक हेरेर मात्र विद्यार्थीको मापन नगरी व्यवहार परिवर्तनमा जोड दिई सर्वाङ्गिण विकासमा जोड दिनु पर्ने बताए ।
कार्यक्रममा शैक्षिकसत्र २०७९ मा विभिन्न विधागतका उत्कृष्ट विद्यार्थी लगायत वार्षिकोत्सवको अवसरमा खेलाईएका खेलकुदका विजेताहरुलाई शिक्षा अधिकृत धामी, विद्यालयका अध्यक्ष नवराज देवकोटा, प्रिन्सिपल रजनी मल्ल देवकोटालगायतले संयुक्तरुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
