नुवाकोट – दुर्घटना न्यूनीकरण गर्न टिमुरे बस तथा मिनिबस यातायातले विदुरमा ट्राफिक चेतना कार्यक्रम गरेको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारीचालक, सवारीधनी र सर्वसाधारणलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यक्रम गरिएको हो ।
जिल्ला ट्राफिक कार्यालयको समन्वयमा सडक सुरक्षा, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा कार्यक्रम आयोजना गरिएको टिमुरेका अध्यक्ष प्रकाश जोशीले बताए ।
सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक सचेतनासहित बढ्दो गर्मीमा शितलता प्रदान गर्न यात्रु, चालक, सहचालकलगायतलाई नि:शुल्क दही वितरण गरिएको उनले बताए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जित, ११ नम्बर वडाका वडाध्यक्ष बाबुराम तामाङ, नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापालगायतले दुर्घटना न्यूनीकरणका लागि चालक, स्थानीय, अभिभावक, युवा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
यस कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा लिइएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
