नुवाकोट – जिल्ला समन्वय समितिको आयोजनामा “दोस्रो जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता” असार १४ देखि हुने भएको छ।
विदुर नगरपालिकाको बट्टारस्थित कभर्डहलमा असार १६ सम्म दोस्रो संस्करण आयोजना गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरीले जानकारी गराए।
वार्षिक कार्यक्रम अनुसार जिसस स्थानीय सहयोग कार्यक्रम अन्तर्गत जिल्ला खेलकुद विकास समिति र नुवाकोट ब्याडमिन्टन संघ नुवाकोटको व्यवस्थापकीय तथा प्राविधिक सहयोगमा उक्त प्रतियोगिता हुन लागिएको प्रमुख ठकुरीले बताए ।
इच्छुक खेलाडीले असार ७ गतेभित्र सहभागिताको लागि नाम दर्ता गर्नुपर्ने जनाएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
