विदुर – साहित्य संगम नुवाकोटले कवि मीना श्रेष्ठलाई काव्य पुरस्कारद्वारा सम्मानित गरेको छ ।
शनिबार शिवपुरी गाउँपालिकाको थानापति स्थित जनज्ञान निकेतन माविमा आयोजित संगमको “गाउँगाउँमा साहित्य” कार्यक्रममा कवि श्रेष्ठलाई सम्मान गरिएको हो ।
कवि श्रेष्ठको “फर्गेट एस्टर्डे” कवितासंग्रहको “आईमाई बस्ने घर” नामक कवितालाई छनौट गरी सम्मान गरिएको संगमका अध्यक्ष सुमित्रा सुमीले जानकारी दिए ।
कवि श्रेष्ठ कविता वाचन र त्यसमाथि काव्यिक, वैचारिक र बौद्धिक परिचर्चा प्रस्तुतीमा माहिर छिन् । कवि श्रेष्ठ प्रगतिवादी कविता रचनामा २०५१ सालदेखि नै निरन्तर कलम चलाउँदै आइरहेकी छिन् ।
कवि श्रेष्ठ कोशी प्रदेशका सांसद एवं राजनीतिक व्यक्तित्व पनि हुन् ।
कवि श्रेष्ठद्वारा रचित “आइमाई बस्ने घर” कविताको अंश
हो, मेरी आमाको घर थिएन
बुबाको घर कहिल्यै उनको भएन
त्यो घर काकाको थियो
त्यो घर बडाबाको थियो
मेरी आमा जहिल्यै
बाहरूको घरमा बसिन्।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
