नुवाकोट – हिन्दु महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा बट्टारमा संगम तीज तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बट्टारस्थित बाजेको सेकुवामा कार्यक्रम सम्पन्न भएको हो।
शनिबार भएको कार्यक्रममा विदुर नगरपालिका नगर उपप्रमुख प्रभा बोगटीको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाका अध्यक्ष नारायण श्रेष्ठले तीज कार्यक्रम र संगम तीज बचत खाताको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा संगम बचत खातामा सहभागी हुने सदस्यहरु मध्ये १० जनालाई लक्कि ड्रद्वारा छनौट गरि पुरस्कार प्रदान गरिएको थियो । भाग्यशाली सदस्यहरुलाई नगर उपप्रमुख बोगटीले पुरस्कार वितरण गरेकी थिईन् ।
महिलाहरुले तीजका गीतहरुमा भरमग्दुर मनोरञ्जन लिदै कम्मर भाँचीभाँची नाचेका थिए भने कलाकार अमृता लुंगेली र स्थानिय कलाकार धनकुमारी रिजालले साङ्गितिक माहोल तताएको थियो ।
कार्यक्रममा संस्थाका ४०० जना महिला सदस्यहरु सहभागिता जनाएको कार्यक्रम संयोजक दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
