विदुर – नुवाकोट उद्योग वाणिज्य संघले ‘नुवाकोट महोत्सव २०८०’ लाई केन्द्रबिन्दु बनाउँदै गरि लेख/रचनाका लागि सबैसँग आव्हान गरेको छ ।

संघको आयोजनामा यहि माघ २६ देखि फाल्गुण ७ गतेसम्म विदुरमा हुने महोत्सवको अवसरमा प्रकाशनमा ल्याउन लागिएको स्मारिकाको लागि लेख रचना उपलब्ध गराउन अनुरोध गरेको छ ।

स्मारिकामा नुवाकोट जिल्लाका परम्परागत कला र संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, जलविद्युत, पर्यटन, उद्योग, हस्तकला एवं व्यापार व्यवसायलाई प्रवर्द्धन गरी जिल्लामा आर्थिक तथा लगानी मैत्री वातावरणको सिर्जना तथा बाह्रय लगानीलाई आकर्षण गर्ने उदेश्यका साथ ऐतिहासिक, धार्मिक, कृषि, पर्यटन, व्यवसाय र कला संस्कृतिको विकास नुवाकोट समृद्धिको निकास भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा स्मारिका प्रकाशन गर्न लागिएको स्मारिका संयोजक राजकुमार आचार्यले बताए ।

लेख रचना प्रिती फन्टमा टाईप गरिएको हुनु पर्नेछ भने संघ को विदुरस्थित कार्यालय पुगेर वा इमेल rkacharya205@gmail.com मार्फत २०८० माघ १० गते सम्म पठाउन भनिएको छ ।

सम्बन्धित खवर