नुवाकोट – बुधसिंघाट कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा शरण राई निर्विरोध चयन भएका छन् ।

आज भएको सहकारीको १२ औं साधारणसभा तथा अधिवेशनबाट राई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन् । राईको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

विदुर नगरपालिका-३ बुधसिंघाटमा रहेको सहकारीको सचिवमा रामशरण वस्ती र कोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा उषा श्रेष्ठ, जीतबहादुर राई, गोकर्णबहादुर अधिकारी, ईशा श्रेष्ठ, अम्बिका रिमाल र अक्कलबहादुर राई चयन भएका छन् ।

यस्तै, सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा तेजबहादुर माझी, सदस्यमा श्यामबहादुर राई र सूर्यबहादुर राई चयन भएका छन् ।

सम्बन्धित खवर