काठमाडौं – नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स वितरण छानविन लेखा समितिमा सांसद अर्जुननरसिंह केसीले अहिले सीमित स्वार्थमा ठूलो आर्थिक चलखेलमा रातारात लाइसेन्स वितरण गर्न लागिएको भन्दै लेखा समितिले तत्काल छानविन गर्नुपर्ने बताएका छन् ।
‘अहिले जसरी पनि स्टक लाइसेन्स वितरण गर्ने भन्दै धितोपत्र बोर्डका अध्यक्ष रातारात दौडधुपमा लागिरहेको समाचार आइरहेका छन,’ सांसद केसीले भने, ‘अहिले स्टक लाइसेन्स वितरणका सम्बन्धमा बोर्डकै सदस्यहरूबीच मत बाझिएको छ यो नै भ्रष्टाचार भएको गतिलो उदहारण हो ।’
पारदर्सी रूपमा रूपमा नयाँ स्टक ल्याउने विषयमा थप अध्यक्ष तथा मापदण्ड बनाउन कमिटी बनाउनुपर्ने सांसद केसीको माग राखेका छन् ।
‘हामीले नयाँ स्टक ल्याउन हुन्न भनेका छैनौ तर नेपालको वित्तीय प्रणालीनै धराशायी बनाउनेगरी सबै क्षेत्रको लाईसेन्स एकै व्यक्तिलाई दिन मिल्छ कि मिल्दैन ?’ सांसद केसीले भने, ‘लेखा समिति आर्थिक क्षेत्रको अनुसन्धान गर्ने प्रमुख निकाय भएकाले नयाँ स्टक लाइसेन्स वितरणमा शुशासन र अर्थ समितिले छानविन गरिसक्यो भनेर लेखा समिति पन्छिन मिल्दैन तसर्थ यस विषयमा लेखा समितिले पनि गम्भीर छानविन हुनुपर्छ ।
लेखा समितमा नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स वितरणमा ठूलो आर्थिक चलखेल र राज्यको सम्पत्ति दोहन हुन लागेको भन्दै छानविन गर्न माग गर्नुपर्ने माग गरिएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
