नुवाकोट – सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाले पत्रकार शिवप्रसाद देवकोटालाई संस्थागत पत्रकारिताबाट पुररस्कृत गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कटेल र आन्तिरक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले संयुक्तरूपमा खादा लगाएर प्रमाणपत्र र नगद पुरस्कारले पुरस्कृत गरेका हुन् ।
पत्रकार देवकोटा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष तथा नुवाकोटबाट प्रकाशन हुने नुवाकोट जागरण साप्ताहिक र उत्तरगया दैनिक साप्ताहिकका प्रकाशक तथा सम्पादक हुन् ।
जीवनका उर्जाशील दुइ दशक बढी बागमती प्रदेशमा रहेर स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्याममार्फत् सूचना, सम्प्रेषण तथा पत्रकारिताको संस्थागत विकासमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बताए ।
यस्तै, अग्रज सम्मान पत्रकारिता पुरस्कारबाट बिबिसी नेपाली सेवामा कार्यरत चितवनका पत्रकार इश्वरकुमार जोशी, प्रदेश युवा पत्रकारिता पुरस्कारबाट काठमाडौंको सम्पादन कक्षमा कार्यरत राजकुमार सिग्देल, प्रदेश गौरव पत्रकारिता पुरस्कारबाट प्रदेश राजधानी हेटौडा (मकवानपुर)मा झण्डै दुई दशकदेखि कार्यरत सरिता दाहाल, बागमती पत्रकारिता पुरस्कारबाट दोलखाको जिरीमा बसेर पत्रकारितामा क्रियाशिल सिर्जना गोले, ग्रामिण पत्रकारिता पुरस्कारबाट सिन्धुलीमा कार्यरत बुद्धलाल नेपाली र विकास पत्रकारिता पुरस्कारबाट रसुवादेखि काठमाडौको समाचार कक्षमा काम गर्ने हरि गजुरेल पुरस्तृत भएका छन् ।
पुरस्कारको राशी प्रति विधामा २५ हजार रुपैया रहेको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
