खरानीटार – तादी गाँउपालिकाको आयोजनामा भएको प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगितामा सुन्दरा मावि सातविसे प्रथम भएको छ ।

आज असार ३ गते सोमबार खरानीटारमा भएको गाउँपालिका विद्यालयस्तरिय प्रतियोगितामा सून्दादेवी मावि द्वितीय र सुन्दरा मा.वि उर्लेनि तृतिय भएका छन् ।

विजेता विद्यालयलाई बागमती प्रदेशसभाकी सदस्य राधिका तामाङले नगद पुरस्कारसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिन् ।

प्रतियोगितामा छ विद्यालयको सहभागिता रहेको पालिका उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठले जानकारी दिईन्।

सम्बन्धित खवर