नुवाकोट – प्रदेशस्तरमा उत्कृष्ट ठहरिएको त्रिशूली अस्पतालमा गत आर्थिकवर्ष २०८०/०८१ मा अस्पतालबाट १ लाख ५९ हजार ४३५ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको छ ।

अस्पतालका निमित्त अस्पताल निर्देशक डा. राजेन्द्र लामाका अनुसार गत आवमा प्रसुतिमा ६७३ जना, एक्स-रे सेवामा २४ हजार ४०२ जना, युएसजि १५ हजार २४९ जना, इको २२ जना, सिटि स्क्यान २७ जना र डेक्सा स्क्यान १४८ जना बिरामीलगायतले सेवा लिएको छ । अस्पतालमा साधारणदेखि सघन शल्यक्रिया सेवामा १ हजार ६९४ जना बिरामीले उपचार गरेका छन् । जसमा हाडजजोर्नी र परिवार नियोजनसम्बन्धी शल्यक्रिया बढी गरेका छन् ।

अस्पतालमा अहिले १७ विशेषज्ञ चिकित्सक र १४ जना मेडिकल अधिकृतहरुले सेवा दिईरहेको छ । अस्पताल व्यवस्थापन समितिबाट थप जनशक्तिको व्यवस्थापन गरी अस्पतालमा २०२ जना चिकित्सक र कर्मचारीले सेवा दिईरहेको निर्देशक लामाले जानकारी दिए ।

अस्पतालमा विभिन्न प्रयाोगशाला परीक्षणमा २ लाख ४८ हजार पटक परीक्षण गरिएको अस्पतालका मेडिकल रेकर्डर नारायण प्याकुरेलले जानकारी दिए । अस्पतालमा दैनिक सरदर ४३७ जना बिरामीले चेकजाँज गर्ने गरेको उनले बताए ।

सामाजिक सेवा एकाईमार्फत आ.व. २०८०/०८१ मा महिला १९४ पुरुष २१७ गरी जम्मा ४११ जनालाई सेवा लिएको सहजकर्ता शारदा पराजुलीले जानकारी दिइन् । अस्पतालमा ३५ हजार ४८० जना बिरामीले स्वास्थ्य बीमाको उपचार गरेको छ । हाल अस्पतालमा दैनिक करिब १५० देखि २५० बिमितहरु उपचारको लागि आउने गरेको छ ।अस्पतालमा एक दिनमा २०० देखि ३०० जना बिमितहरुले सेवा लिने गरेका छन् ।

आकस्मिक विभागबाट ९२ जना बहिरङ्ग विभागबाट २ सय १९ जना अन्तरङ्ग विभागबाट १ सय जना बिरामीले सेवा लिएका छन् । जसमा गरिब, अतिगरिब गरी ३ सय १७ जना, असाहय १३ जना, अपाङ्गता भएका व्यक्ति ३९ जना, जेष्ठ नागरिक २३ जना,महिला स्वास्थ्य स्वयंसेविका २ जना, प्रहरीले ल्याएका थुनुवा १७ जनाले सेवा लिएको सहजकर्ता पराजुलीले जानकारी दिइन् ।

जेरियाट्रिक कार्यक्रमबाट ४७८ जना जेष्ठ नागरिकहरुले सेवा लिएका छन् । अस्पतालले विदुर नगरपालिकाको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित जेष्ठ नागरिकहरु सेवा दिँदै आईरहेको छ ।

यस्तै, अस्पतालमा महिला १३४ र पुरुष ११३ गरी कुल २४७ जना बिरामीले सघन उपाचार सेवा लिएकोमा १४ जना बिरामीको उपचारको क्रममा मृत्यु भएको छ ।

अस्पतालको एकद्वार सेवा व्यवस्थापनबाट लैङ्गिक हिंसामा परेका बलाकृत २० जना गरी अन्य ४६ जनाले सेवा लिएका छन् ।

वि. सं.२०२१ साउन ११ गते त्रिशूली जलविद्युत केन्द्रका कर्मचारीहरुको स्वास्थ्य उपचारको लागि खोलिएको साधारण स्वास्थ्य केन्द्रको विकसित रुप नै आजको त्रिशूली अस्पताल हो । २०३२ सालमा उक्त स्वास्थ्य केन्द्र आम नागरिकको लागि पनि खुल्ला गरिएसँगै जिल्ला अस्पताल त्रिशूलीले अहिले नुवाकोट, रसुवा र धादिङका जनताको स्वास्थ्य उपचारमा सेवा पुर्याउदै आईरहेको छ ।

सम्बन्धित खवर