हेटाैंडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख कार्यालय हेटौँडामा आज एक समारोहबीच मुख्यमन्त्री लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामा प्रदेशका पाँचौँ मुख्यमन्त्री हुन् ।

हाल मुख्यमन्त्री लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।

मुख्यमन्त्री लामा गत मंसिर ४ गते भएको निर्वाचनमा नुवाकोट-२ (प्रदेशसभा-ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

सम्बन्धित खवर