बागटार – लायन्स सेवा केन्द्र कोलोनी नुवाकोटले आजदेखि आँखा उपचार सेवा थप गरेको छ ।

केन्द्रले दाँत सम्बन्धी चेकजाँच सेवा प्रदान गर्दै आई रहेकोमा आज एक कार्यक्रमकाबीच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५-जे का गभर्नर मिलन थापाले संयुक्तरुपमा आँखा उपचार सेवा उद्घाटन गरेका हुन् ।

आँखा सेवाको लागि लायन्स क्लब अफ गोरखा, गोरखा आँखा सेवा केन्द्र, लायन्स क्लब अफ काठमाडाैँलगायतको प्राविधिक सहयोग र आर्थिक सहयोग रहेको लायन्स क्लब अफ नुवाकोटका अध्यक्ष राजाराम अधिकारीले जानकारी दिए ।

सेवा सुचारुसँगै लायन्स क्लबले केन्द्रको परिसरमा वृक्षारोपण पनि गरेको छ ।

सेवा केन्द्रले आँखा उपचार सेवा थप गरेको अवसरमा आज साउन १४ र १५ गते दुईदिन नि:शुल्क शिविर पनि सञ्चालन गरेको छ। शिविरमा नेत्र विशेषज्ञ खुमप्रसाद पराजुलीको टोलीले उपचार गर्नेछ ।

सम्बन्धित खवर