रसुवा – स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार बलराम घिमिरे पुरस्कृत भएका छन् ।
पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालको दशौं वार्षिक साधारणसभाको अवसरमा घिमिरेलाइ ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
रसुवा जिल्लाकै पहिलो मन्त्री बनेका स्वर्गीय रामकृष्ण आचार्यको नाममा स्वर्गीय पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।
जिल्लाको समग्र राजनीतिक, आर्थिक सामाजिक, शैक्षिक, स्वास्थ्य, सांस्कृतिक एवं ऐतिहासिक विषयमा जनचेतनाको प्रवर्द्धन गरी रसुवाको कृषि, पशुपालन, वन, वातावरणलगायत समसामयिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कान्तिपुर संवाददाता घिमिरेलाई पुरस्कृत एवं सम्मान गरिएको संस्थाका अध्यक्ष सोहम सुवेदी बताए ।
करिब दुइ दशकदेखि पत्रकारितामा क्रियाशिल संवाददाता घिमिरे विगत आठ वर्षदेखि कान्तिपुर दैनिकमा आवद्ध रहेका छन् ।
संस्थाद्वारा रेडिओ लाङटाङ सञ्चालित छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
