विदुर – नुवाकोट प्रहरीले गत आर्थिकवर्ष २०८०/८१ मा ७७ रोपनीमा रहेको अवैध गाँजा र अफिम फडानी गरेको छ ।
बुधबार प्रहरी कार्यालयमा आयोजित प्रगति विवरण सार्वजनिक पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले गत आवमा ५५ हजार २६० रुपैँया बराबरको गाँजाको बिरुवा फडानी गरिएको जानकारी दिएका हुन् ।
चालुआर्थिक वर्षमा जिल्लामा गाँजा तथा अफिमको खेति हुने गरेको नपाइएको तथा प्राकृतिक रुपमा उम्रेर भेटिएको गाँजाहरुलाई खोजी खोजी फडानी गरिएको उनले बताए । प्रहरीले अवैध गाँजाका बोटहरु फडानी अभियानलाई तीब्र पारेको समेत उनले जानकारी दिए ।
यस्तै, गत आवमा नुवाकोट प्रहरीले लागुऔषध सम्बन्धी कसुरको मुद्दा दर्ता र फर्छौट सङ्ख्यामा पनि सफलता हासिल गरेको छ । दर्ता भएका तीनवटै मुद्दाको फर्छौट गरेको छ । जसमा नौ जना अभियुक्तलाई पक्राउ गरी आवश्यकीय कारवाही गरिएको उनले जानकारी दिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
